केपी ओलीले गरे झापा-५ मा उम्मेदवारी दर्ता

by | माघ ६, २०८२

केपी ओलीले गरे झापा-५ मा उम्मेदवारी दर्ता

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले उम्मेदवारी दर्ता गरेका हुन् ।

उनको प्रस्तावकमा रोमनाथ ओली रहेका छन् भने समर्थकमा मेनुका काफ्ले रहेकी छन् । ओलीलाई एमालेका भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।अघिल्लो निर्वाचनमा पनि ओली यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यसपटक यो क्षेत्रमा रास्वपा वरिष्ठ नेता बालेन ९बालेन्द्र० शाहले उम्मेदवारी दिएका छन् ।