एमालेका ५४.४४ प्रतिशत उम्मेदवार नयाँ अनुहार

by | माघ ६, २०८२

एमालेका ५४.४४ प्रतिशत उम्मेदवार नयाँ अनुहार

काठमाडौँ, माघ ६ गते । नेकपा (एमाले) ले देशभर एकसय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगको मनोनयन दर्ता गराउने कार्यतालिका बमोजिम मङ्गलबार एमालेले उम्मेदवारी दर्ता गराएको हो ।

उनका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले एमालेले अगाडि सारेको सिङ्गो उम्मेदवार सङ्ख्यामध्ये ५४.४४ प्रतिशत नयाँ अनुहार रहेको जानकारी दिए ।

सबैभन्दा बढी कोशीमा ५३.५७ प्रतिशत नयाँ अनुहार रहेको उनको भनाइ छ । मधेस र सुदूरपश्चिममा ५०–५० प्रतिशत नयाँ अनुहार रहेको उनले बताए

यसैगरी, कोशीमा ५३.५७ प्रतिशत, कर्णालीमा ७५ प्रतिशत, बागमतीमा ६०।६० प्रतिशत र गण्डकीमा ६१.११ प्रतिशत नयाँ अनुहारको उम्मेदवारी दर्ता भएको छ । सबैभन्दा कम लुम्बिनीमा ४२.३० प्रतिशत नयाँ अनुहार दर्ता भएको उनले जानकारी दिए।

उनले आगामी निर्वाचनले नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोड लिने तथा संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमन विरुद्धको जनमत सङ्ग्रहका रुपमा लिएको बताएका छन्।