झापा–५ मा ओलीको सक्रियता, वडा तहका कार्यकर्तासँग प्रत्यक्ष संवाद
काठमाडौं/नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ मा संगठन सुदृढीकरण र कार्यकर्ता भेटघाट अभियानमा सक्रिय छन् । मतदाता र पार्टी कार्यकर्ताको भावना बुझ्ने उद्देश्यसहित उनले आज दक्षिणी भेगका कार्यकर्तासँग सघन छलफल कार्यक्रम तय गरेका छन् ।
एमाले झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओलीले आज गौरादह नगरपालिका–५, स्कूलचौनस्थित नमुना कृषि खेतीको सभाहलमा विशेष भेटघाट कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्ज गाउँपालिकाका ६ वटा वडाका वडा कमिटी पदाधिकारी तथा सदस्यहरूसँग छुट्टाछुट्टै समूहमा छलफल हुने कार्यतालिका छ ।
यस भेटघाटमा ओलीले औपचारिक सम्बोधनभन्दा पनि वडास्तरका कार्यकर्ताबाट प्रत्यक्ष रूपमा वस्तुस्थिति बुझ्ने प्रयास गर्नेछन् । छलफलका क्रममा वडा कमिटीका प्रतिनिधिले आफ्नो क्षेत्रमा भएका विकास गतिविधि, मतदाताको मनोभावना र पार्टी संगठनको वर्तमान अवस्थाबारे जानकारी गराउनेछन् । साथै, ओलीले कार्यकर्ताका गुनासा सुन्दै पार्टीको आगामी रणनीति, देशको समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रको विकासमा आफूले पुर्याएको योगदानबारे स्पष्ट पार्ने कार्यक्रम छ ।
आजकै कार्यक्रममा अध्यक्ष ओलीले गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगलागी र तोडफोड गरिएका भौतिक संरचनाको स्थलगत निरीक्षणसमेत गर्नेछन् । उक्त घटनामा गौरादह नगरपालिकाको कार्यालय, वडा नं. १, २ र ७ का वडा कार्यालयहरू तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, गौरादहका मेयर छत्रपति सुवेदी र उपमेयर जलवर्षा राजवंशीको घरमा क्षति पुगेको थियो । ओलीले ती संरचनाको अवस्था बुझ्दै स्थानीय जनप्रतिनिधि र पीडित परिवारसँग संवाद गर्ने जानकारी दिइएको छ ।
निर्वाचन क्षेत्र केन्द्रित अभियानअन्तर्गत ओलीले यसअघि दमक नगरपालिका र कमल गाउँपालिकाका सबै वडा कमिटीसँग छुट्टाछुट्टै छलफल सम्पन्न गरिसकेका छन् । यस पटक पार्टीले ठूला आमसभाभन्दा पनि वडा तहसम्म पुगेर कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने ढाँचामा कार्यक्रम तय गरेको एमालेले जनाएको छ । अध्यक्ष ओलीको यो सक्रियतालाई आगामी राजनीतिक सरगर्मी र पार्टीको आन्तरिक संगठन मजबुतीकरणसँग जोडेर हेरिएको छ ।
झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ मा संगठन सुदृढीकरण र कार्यकर्ता भेटघाट अभियानमा सक्रिय छन् । मतदाता र पार्टी कार्यकर्ताको भावना बुझ्ने उद्देश्यसहित उनले आज दक्षिणी भेगका कार्यकर्तासँग सघन छलफल कार्यक्रम तय गरेका छन् ।