सभापति निर्वाचित भएपछि गगन थापा पहिलो पटक सानेपा जाँदै

by | माघ ८, २०८२

सभापति निर्वाचित भएपछि गगन थापा पहिलो पटक सानेपा जाँदै

काठमाडौं/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोलि (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पटक पार्टी केन्द्रीय कार्यालय जान लागेका हुन्।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदस्थापनापछि मात्रै उनी निर्वाचन क्षेत्रमा जाने छन्। आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्।

‘भोलि पार्टीको निर्वाचन केन्द्रीत बैठकहरु छन् । सभापतिज्यू भोलि पार्टी केन्द्रीय कार्यालय पुगेर पहिला पदस्थापना गर्नुहुन्छ । त्यसपछि मात्रै निर्वाचन क्षेत्रमा जाने कार्यक्रम तय हुन्छ,’– प्रवक्ता चालिसेले  भने।