जन्मदिनमा बालबालिकाहरुलाई जुत्ता

by | माघ ९, २०८२

जन्मदिनमा बालबालिकाहरुलाई जुत्ता

बनेपा/मोवाईल ब्यवसायी एवं समाजसेवी बनेपा ५ निवासी विदुर दाहालले जन्म दिनको अवसर पारी बालबालिकाहरुलाई सहयोग गरेका छन् । 
रोटरी क्लव अफ काभ्रे भ्यालीमा समेत आवद्ध दाहालले सोहि क्लवको सहयोगमा बनेपामा रहेको सरस्वती आधारभुत विद्यालयमा रहेका बालबालिकाहरुलाई जुत्ता वितरण गरेका छन् । जन्म दिनमा सत्कर्म गरौ भन्ने उदेश्यका साथ दाहालले बालबालिकाहरुलाई जुत्ता उपलब्ध गराएको बताए । उक्त विद्यालयमा विशेषगरी श्रमिक मजदुरका छोराछोरीहरु अध्ययन गर्छन । 

बनेपामा रहेको उक्त विद्यालयमा पुगेर दाहालले जन्म दिनको अवसरमा जुत्ता उपलब्ध गराएका हुन् । दाहाल सामाजिक कार्यमा रुची राख्ने ब्यक्ति हुन् । यस्तै कार्यमा उनी सक्रिय छन् ।