देशभरबाट ४९ जनाको उम्मेदवारी फिर्ता

by | माघ ९, २०८२

देशभरबाट ४९ जनाको उम्मेदवारी फिर्ता

काठमाडौं/ गत माघ ६ गते उम्मेदवारी दर्ता गराएकामध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गर्दै ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए ।

आयोगका अनुसार मतदाता नामावली दर्ता, मनोनयनसँगै सूची सार्वजनिक, दावी विरोध तथा उम्मेदवारी फिर्तासम्मका निर्वाचनका गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन भएको पनि आयोगले जनाएको छ ।