मानव कल्याण समाज बाल सेवा घरलाई शैक्षिक सामाग्री प्रदान

by | माघ ९, २०८२

मानव कल्याण समाज बाल सेवा घरलाई शैक्षिक सामाग्री प्रदान

बनेपा/ नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासघं काभ्रे शाखाले सरस्वती पूजा तथा राष्ट्रिय पुस्तक दिवसको अबसरमा मानव कल्याण समाज बाल सेवा घरलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

उक्त बाल सेवा घरलाई फोटोकपी पेपर, कपी, पेन, जोमेट्रीक बक्स, क्याल्कुलेटर लगाएतका शैक्षिक सामाग्री प्रदान गरिएको थियो । ब्यबसायी महासघंका केन्द्रिय सदस्य तथा शाखाका पुर्व अध्यक्ष भिमप्रसाद आचार्यले सानो सहयोगले पनि बालबालिकाहरुलाई ठुलो राहत मिल्ने बताए । जिल्ला अध्यक्ष शरण ढकालले उक्त शैक्षिक सामाग्रीले बालबालिकाहरुलाई केहि सिकाईमा राहत मिल्ने र आगामी दिनमा समेत सहयोग गर्ने बताए ।

शैक्षिक सामाग्री वितरणमा जिल्ला अध्यक्ष शरण ढकाल निबर्तमान अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष राजेन्द्र घिमिरे, सह सचिब ईश्वर थापा कोषाध्यक्ष राम सुन्दर भट्टराई र लेखा समिती संयोजक खेमराज भट्टराई लगाएतको सहभागिता रहेको थियो ।