अर्किड ईन्टरनेश्नल एकेडेमीमा सरस्वती पूजाको अवसरमा अक्षाराम्भ कार्यक्रम

by | माघ ९, २०८२

अर्किड ईन्टरनेश्नल एकेडेमीमा सरस्वती पूजाको अवसरमा अक्षाराम्भ कार्यक्रम

बनेपा/अकिर्ड ईन्टरनेश्नल एकेडेमी विद्यालयले बनेपाको तिनदोबाटोमा सरस्वती पूजाको अवसर पारी किण्डर गार्टेन सगै बालबालिकाहरुलाई अक्षाराम्भ शुरु गरेको छ ।

उक्त किन्डर गार्टेनको शुभारम्भ बनेपा नगरपालिका वडा नम्बर ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धरले गरेकी थिईन् । मानन्धरले बालबालिकाहरुलाई बालमैत्री बाताबरणमा राख्नु पर्ने बताईन् । किन्डर गार्टेनहरुले गुणस्तरीय, बालमैत्री, सरसफाई, हाइजनिक खाना, भौतिक पुर्वाधारमा ध्यान दिनु पर्ने बताईन् । विद्यालयका सञ्चालक समितिका अध्यक्ष पुकार कर्णजितले अभिभावकहरुको माग अनुसार उक्त स्थान बाट किन्डरगार्टेन शुरु गरेको बताए । अर्किड इृन्टरनेश्नल एकेडेमी विद्यालयले साना बालबालिकालाई बालमैत्री बातारबरणमा सिकाईउदै आएको कर्णजितले बताए ।

विद्यालयकी प्रिन्सिपल अनिता प्रजापतिले किण्डरगार्टेनमा बालमैत्री बाताबरण, खेलमा आधारीत सिकाई, बालबालिकाको सर्वाङ्गीण विकासलाई ध्यानमा राखीएको बताईन् । विद्यालयले हरेक बर्ष सरस्वती पूजा मनाउदै आएको प्रजापतिले बताईन् । कार्यक्रममा विद्यालयका सञ्चालक समिति सदस्यहरु, अभिभावक, शिक्षक/शिक्षिका र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।