उम्मेदवारलाई भँगेरा, खसिको टाउको, प्रेसर कुकर देखी ड्रमसेटसम्म, काँग्रेसका बागीलाई आँखिझ्याल

by | माघ १०, २०८२

उम्मेदवारलाई भँगेरा, खसिको टाउको, प्रेसर कुकर देखी ड्रमसेटसम्म, काँग्रेसका बागीलाई आँखिझ्याल

धुलिखेल/दल बाहेक स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरुले निर्वाचन चिन्ह प्राप्त गरेका छन् । निर्वाचन आयोगले निर्वाचन चिन्ह प्राप्त गरे सँगै उम्मेदवारहरु चिन्ह बोकेर मत माग्दै घर दैलो तथा भेटभाटमा ब्यस्त हुन थालेका छन् ।
निर्वाचन क्षेत्र नम्वर २ का स्वतन्त्र उम्मेदवार आशा तामाङले भंगेरा प्राप्त गरेकी छिन् । उमेश थापाले ठेकी पाएका छन् । केशवराज तिमल्सिनाले आँप पाएका छन् । गणेशप्रसाद अधिकारीले आँखिझ्याल, डिल्लीप्रसाद न्यौपानेले मसी, लेनिन विष्टले कप र प्लेट, विष्णुकुमार श्रेष्ठले प्रेसर कुकर र सीताराम मैनालीले खसिको टाउको पाएका छन् ।
निर्वाचन क्षेत्र नम्वर २ मा राजेशकुमार श्रेष्ठले आँझिझ्याल पाएका छन् भने युवराज चौलागाईले ड्रमसेट र जीवन लामाले क्याप पाएका छन् ।

काँग्रेसका बागी दुबैलाई आँखिझ्याल
३६ वर्ष देखि निरन्तर राजनीतिमा सक्रिय पनौतीका राजेशकुमार श्रेष्ठ र पाँचखालका गणेशकुमार अधिकारी दुबैले एउटै निर्वाचन चिन्ह आँखिझ्याल प्राप्त गरेका छन् । नेपाली काँग्रेसले वितरण गरेको टिकटमा असहमति राख्दै पनौती घर भएका क्षेत्र नम्वर १ का श्रेष्ठ र पाँचखाल घर भएका अधिकारीले क्षेत्र नम्वर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
श्रेष्ठ नेविसंघबाट राजनीतिमा प्रवेश गरेका थिए । निरन्तर पार्टी राजनीतिमा सक्रिय श्रेष्ठ खेलकुद विकास समिति तथा विभिन्न सामाजिक संघ संस्थामा समेत कृयाशिल थिए । क्षेत्र नम्वर १ मा माओवादी शशस्त्र द्वन्द्वमा गोली लागि घाईते भएका जिउँदा शहिद तीर्थ पसखलको प्रस्ताव र पनौतीका समाजसेवी पुर्व नेकपा माओवादीका नेता समेत रहेका सुर्दशन सुवेदीको समर्थनमा श्रेष्ठ उम्मेदवार बनेका हुन् । नेपाली काँग्रेसले गुणराज मोक्तानलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ ६० वर्षका भए ।
त्यस्तै पाँचखाल वडा नम्वर १० का गणेश अधिकारीले राजनीतिक दलहरु प्रति वढेको वितृष्णा र नेपाली काँग्रेसले गरेको निर्णयका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । उनी नेपाली काँग्रेसमा सक्रिय थिए । ३६ वर्षका अधिकारीले पनि श्रेष्ठले जस्तै आँखिझ्याल पाएका छन् । क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसले मधु आचार्यलाई उम्मेदवार बनाएको छ ।