कुन समयमा ग्रीन टी सेवन गर्नु हानिकारक ?

by | माघ १३, २०८२

कुन समयमा ग्रीन टी सेवन गर्नु हानिकारक ?

काठमाडौं/ ग्रीन टीलाई फाइदाको खजाना नै मानिन्छ । त्यसैले प्रायः स्वास्थ्य विशेषज्ञहरु ग्रीन टी पिउने सल्लाह दिन्छन् । तर स्वास्थ्यका लागि फाइदै–फाइदा मानिने कुराको वेफाइदा हुँदैन भन्ने सोच्नु गलत हो ।

स्वास्थ्यका लागि फाइदाजनक मानिएको ग्रिन टीको पनि वेफाइदा पनि रहेका छन् । यदि हामीले ग्रीन टी पिउने समय सही भएन भने यसले हामीलाई बेफाइदा पुर्याउँछ ।

ग्रीन टी कहिले पिउने ?
खाना खाएको करीब एक घण्टा पहिले ग्रीन टी पिउनु फाइदाजनक मानिन्छ । ग्रीन टीमा टेनिन हुने भएका खाना खाएको तुरुन्त ग्रीन टीको सेवन गर्दा वाक–वाक लाग्ने, कब्जियत हुने र पेट दुख्ने समस्या हुन्छ ।

त्यस्तै ग्रीन टी कहिले पनि खाली पेटमा खानु हुँदैन । ग्रीन टीका साथ केहि अन्य कुरा पनि खानु आवश्यक छ । एक दिनमा ३ कप भन्दा बढी ग्रीन टी पिउनुु नोक्सानदायक हुन्छ । सुत्नु अगाडि ग्रीन टी पिउनाले डिहाइडे्रशन हुने सम्भावना बढी हुन्छ ।

ग्रीन टी पिउनुका फाइदा

क्यान्सरबाट बचाव

क्यान्सर एउटा गम्भीर रोग हो, जसबाट बच्नका लागि हामी ग्रीन टी पिउँछौं । यसमा समावेश पलीफिनल्सले ट्यूमर र क्यान्सर सेल्स रोक्न सहयोग गर्छ । विशेष गरेर ब्रेस्ट र प्रोस्टेट क्यान्सर हुन नदिन सहयोग पुर्याउँछ ।

कालेस्ट्रोल कम गर्न

ग्रीन टी नियमित रुपमा पिउनाले रगतमा ब्याड कोलेस्ट्रोलको मात्रा कम हुन थाल्छ, जसले ब्लड भेसेल्समा ब्लकेज कम हुन थाल्छ र मुटुको रोग लाग्ने खतरा कम हुन्छ ।

छाला संक्रमण हुन दिँदैन

हाम्रो छाला ड्यामेज हुन्छ र पुन कोषिका भरपाई गर्नु परेमा ग्रीन टी पिउनु फाइदाजनक मानिन्छ । यसको साथै स्किन इन्फेक्शनबाट बचाउन पनि सहयोग पुर्याउनु साथै छाला सूजन हुनबाट बचाउँछ । ग्रीन टीको सेवनले स्किन टोन हुन्छ र पिम्पल्स आउन कम हुन्छ ।

वजन घटाउनका लागि

ग्रीन टीमा समावेश एन्टीअक्सीडेन्टले मेटाबलिज्मलाई बढाउँछ । ग्रीन टी पिउनाले शरीरको फ्याट विस्तारै–विस्तारै कम हुन थाल्छ । ग्रीन टीलाई व्यायाम गर्नु भन्दा अगाडि पिउनु उपयुक्त हुन्छ ।