धुलिखेल एमालेले गर्यो उम्मेदवारसँग अन्तर्क्रिया
धुलिखेल/आसन्न फागुन २१ को निर्वाचन लक्षित प्रचार, प्रसार तथा योजनाहरु निर्माणका लागि नेकपा एमाले काभ्रेले मातहतका कमिटी र जनबर्गिय संगठनहरुको परिचालन शुरु गरेको छ । जिल्ला कमिटीको बैठक सकिए लगत्तै धुलिखेल नगर कमिटीको पूर्ण भेला तथा अन्र्तक्रिया धुलिखेलमा सम्पन्न भएको छ ।
उम्मेदवारहरु क्षेत्र नम्वर १ का अमित लामा र क्षेत्र नम्वर २ का अशोक ब्याञ्जु, समानुपातिक उम्मेदवारहरु क्षेत्र नम्वर १ बाट इन्द्र तामाङ, क्षेत्र नम्वर २ बाट सुमित्रा भोक्षिभोया र भक्तकुमारी लामा, पार्टीका केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीका नेताहरु तथा नगर कमिटीका अगुवा नेता तथा कार्यकर्ताहरुको भेलामा आसन्न निर्वाचनका लागि पार्टीका उम्मेदवारहरुको पक्षमा मतदान गर्न आम कार्यकर्ता तथा मतदाताहरुको बीचमा जाने योजना निर्माण गरेको छ ।
धुलिखेल नगरपालिका वडा नम्वर १ देखि ७ सम्म निर्वाचन क्षेत्र नम्वर २ मा र वडा नम्वर ८ देखि १२ सम्म क्षेत्र नम्वर १ मा पर्दछ । मतदाताहरुको आमभावना बुझेर एमाले नेतृत्वका कार्यकालमा भएका विकास निर्माण तथा नागरिकमैत्री सेवालाई प्रभावकारी रुपले संचालन गर्न प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विजयीका लागि कार्यकर्ताहरुको सक्रियता र मतदाताहरुको मतको सुरक्षाका लागि आवश्यक जनपरिचालन गर्ने निर्णय भएको अध्यक्ष विष्णु धितालले बताए ।






