विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन
काठमाडौं/ महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।
हिन्दुस्तान टाइम्सका अनुसार मुम्बईबाट एक निजी विमानबाट पवार बारामती जाँदै थिए । बारामतीमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको थियो । अजीतका साथै विमानमा सवार उनका पर्सनल असिस्टेन्ट, सुरक्षाकर्मी र विमान दलका सदस्य थिए । माधवराव सिंधिया ,जीएमसी बालयोगी, संजय गांधी , विजय रूपाणी र वाईएस रेड्डी मृत्यु भएको बताइएको छ ।
अवतरणको क्रममा विमानको नियन्त्रण एक्कासी बिग्रिएपछि पाइलटले क्र्यास ल्यान्डिङ गर्नुपरेको थियो ।तर, दुर्घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन । खराब मौसम, भारी वर्षा वा प्राविधिक गडबडीलाई सम्भावित कारण भनिए पनि प्रशासनले आधिकारिक रूपमा कुनै कारण भने पुष्टि गरेको छैन ।उड्डयन विभाग र सुरक्षा निकायले सम्पूर्ण विषयमा अनुसन्धान थालेका छन् ।
अजित पवारको जन्म २२ जुलाई १९५९ मा महाराष्ट्रको अहमदनगर जिल्लाको देवलाली प्रवरा गाउँमा भएको थियो।






