आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौँ / पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा पूर्णतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती प्रदेशका थोरै र गण्डकी प्रदेशका एकदुई स्थान हल्का वर्षा भइरहेको छ।
दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ।
राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ।






