चुनावका लागि भारतले दियो २ सय ५० वटा गाडी उपहार
काठमाण्डौ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र गाडीहरू हस्तान्तरण गरेको हो ।
कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा चुनावका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै गाडीहरू क्षतिग्रस्त भएकाले नयाँ गाडीले सुरक्षा निकायको कार्यक्षमता बढाउने अर्थमन्त्री खनालको विश्वास छ ।
भारत सरकारले नेपाल सरकारलाई उपहार स्वरूप २ सय ५० वटा गाडी दिएको छ ।






