क्षितिज इङ्गलिस बोर्डिङ स्कुलको १९ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण

by | माघ १५, २०८२

क्षितिज इङ्गलिस बोर्डिङ स्कुलको १९ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण

बनेपा/ क्षितिज ईङ्गलिश बोडिङ्ग स्कुलको १९ औ वार्षिकोत्सव एस ई ई उतिर्ण २०८१ लाई पुरस्कार वितरण र क्षितिज दीप विमोचन कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सविता दंगालको प्रमुख आतिथ्यातमा सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयका सञ्चालक समिति अध्यक्ष विकास श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन तथा प्रगती प्रिन्सिपल लिलाधर पौडेलले प्रस्तुत गरेका थिए । प्रिन्सिपल पौड्यालले २०६३ सालमा १९ जना विद्यार्थीहरुले एस एल सि दिएकामा शैक्षिक सत्र २०८१ सम्म ५ सय ५७ जनाले एस ई ई उर्तिण भईसकेका र विभिन्न कर्म क्षेत्रमा कार्यरत रहेको जानकारी दिए । प्रत्येक वर्ष उत्कृष्ट नतिजा सहित शत्तप्रतिसत उतिर्ण भएका, विद्यालय तथा अन्य अतिरिक्त कार्यक्रममा उत्कृष्ट रहेको, प्रत्येक ३ महिनामा परिक्षा सञ्चालन गरि विद्यार्थीहरुको गुणस्तरीयताई प्राथमिकतामा राखिएको पौड्यालले बताए ।

विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गिड विकासका लागी कुनै कसुर बाँकी नराखिएको पौड्यालले बताए । कार्यक्रमका प्रमुख अतिथी शिक्षा समन्वय इकाई सविता दंगालले विद्यालयले शैक्षिक गुणस्तरका साथै नैतिक र व्यवहारिक शिक्षामा जोड दिँदै निजी तथा सामुदायिक विद्यालय दुवैले गुणस्तरीय शिक्षामार्फत सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्न ध्यान दिनुपर्ने बताईन् । विद्यार्र्थीको सर्वाङ्गीण विकासका लागि सिर्जनात्मक कार्यक्रम अत्यन्त आवश्यक रहेको र विद्यालय, अभिभावक र शिक्षकबीचको सहकार्यले मात्र शिक्षा प्रणाली बलियो बन्न सक्ने बताईन् ।

कार्यक्रममा बरिष्ठ साहित्यकार मोहन दुवाल, विद्यालयका संरक्षक गोविन्दलाल प्रधानाङ्ग, प्याबन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेल, सञ्चालक सदस्य भोला केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयराम कायस्थ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यालयले आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थी, एस ई ई २०८१ मा उतिर्ण हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य, गीत, खेल लगाएतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।