नमोबुद्धमा एक सातासम्म सेभेन ए साईडको रौनक, २० टिम सहभागी
नमोबुद्धमा खेल पर्यटन मार्फत समृद्धिको सपना पुरा गर्ने उदेश्यले सेभेन ए साईड फुटवल प्रतियोगिताको सुभारम्भ गरिएको छ । सोनाम ल्होसारको अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा जिल्लाकै प्रतिष्ठित सेभेन ए साईड फुटबल प्रतियोगिताको विधिवत उद्घाटन गरिएको हो ।
आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका उम्मेदवारको उपस्थितीमा प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगितामा २० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटनको प्रमुख अतिथी नमोबुद्ध नगरपालिका वडा नं १ का अध्यक्ष प्रेम लामा रहेका थिए। लामा आफै खटेर सो प्रतियोगिताको लागि व्यवस्थापन गरिरहेका छन् । उनले खेल मार्फत पर्यटन, युवाको एकता कायम राख्न मद्धत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रथम पुरस्कार एक लाख ५ हजार पुरस्कार राशीको भएकाले काठमाडौं देखिका टिम प्रतियोगितामा सहभागि भएका छन् । आज सुरु भएको प्रतियोगिता आगामी २० गतेसम्म संचालन हुनेछ । क्लबका अध्यक्ष उत्तरध्वज तामाङले प्रतियोगिताका लागि सहयोग गरर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
उनले स्थानीय तह, समाजसेवी खेलप्रेमीको सहयोगमा प्रतियोगिता संचालन गरिएको र यो दोश्रो संस्करण भएको बताएका छन् । प्रतियोगितामा दोश्रो पुरस्कार ५५ हजार रुपियाँ रहेको छ । क्लबका सचिव गणेश लामाले संचालन गरेको कार्यक्रममा स्थानीय खेलप्रेमीको उल्लेख सहभागिता रहेको थियो । प्रतियोगितामा राष्ट्रिय खेलाडीका क्लब, विभागिय टोलिका खेलाडीहरु सहभागि छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा धुलिखेल–११ ले आयोजक मानेगाउँ नमोबुद्ध फुटवल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्यो । प्रतियोगितामा अजित तामाङ घोषित भए । उनले जर्सी पाए ।
त्यस्तै दोश्रो खेलमा मण्डनदेउपुर नगरपालिका हल्देछापले नमोबुद्धकै बिकेएचवाईएसलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । खेलको म्याा अफ दी म्याच मण्डनदेउपुरका सन्देश लिम्बु छानिए । प्रतियोगितले युवाबीच एकता, भातृत्व कायम गर्ने र अनुशासन सिकाउने विश्वास आयोजकले लिएको छ ।





