आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

by | माघ १६, २०८२

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले घटेर तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४४० रुपैयाँले घटेर प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ७ हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।