एमालेद्वारा निर्वाचन घोषणापत्र तयारी अन्तिम चरणमा, फागुनको सुरुवातमै सार्वजनिक गर्ने तयारी

by | माघ १६, २०८२

एमालेद्वारा निर्वाचन घोषणापत्र तयारी अन्तिम चरणमा, फागुनको सुरुवातमै सार्वजनिक गर्ने तयारी

काठमाडौँ / नेकपा एमालेले आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्र फागुन महिनाको पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी अघि बढाएको छ।

पार्टी महासचिव शंकर पोखरेलले प्रेस चौतारी नेपालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा जानकारी दिँदै घोषणापत्र मस्यौदाकरणको कार्य निरन्तर भइरहेको बताए। उनका अनुसार घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गरी त्यसका आधारमा चुनावी अभियान सञ्चालन गर्ने समय अझै नआएको स्पष्ट पारेका छन्।

महासचिव पोखरेलले निर्वाचन प्रचारको चरणमा पार्टीका उम्मेदवारहरू घोषणापत्रसहित मतदातामाझ जाने योजना रहेको उल्लेख गरे। पार्टीले नीति, कार्यक्रम र प्रतिबद्धतालाई केन्द्रमा राखेर निर्वाचन प्रक्रियामा सहभागी हुने तयारी गरेको उनको भनाइ थियो।