आदर्श विद्या मन्दिरको २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
बनेपा/आदर्श विद्या मन्दिर स्कुलको २१ वार्षिकोत्सब तथा अभिभावक समारोह प्याब्सनका केन्द्रिय उप–महासचिब भिमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी केसीले विद्यार्थीहरुमा सकारात्मक सोच, सिकाईको अभ्यास, निरन्तर पढाई सँगै ब्यबहारिक शिक्षा अनिवार्य रहेको बताए । अहिले विद्यार्थीहरुमा पढ्ने र सिक्ने बानी कम हुँदै गएकाले पढाई बिना केहि नभएको केसीको भनाई थियो । विद्यार्थीहरुलाई अनुशासन, नैतिक, ब्यबहारिक, प्राविधिक शिक्षा दिनु पर्ने केसीले बताए ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले प्रस्तुत गरेका थिए । तिमलिल्सनाले विद्यालयमा प्ले गु्रप देखी कक्षा १२ सम्म अध्ययन भैईरहेको बताए । जिल्लामै संस्थागत विद्यालय तर्फ आई एस ओ प्राप्त गर्ने पहिलो विद्यालय रहेको, लोप हुन लागेको संस्कृत विषय अध्यापन शुरु गरिएको, विद्यालयको आफ्नै फुटसल, कक्षा ११ र १२ मा विज्ञान, कानुन र ब्यबस्थापन विषयहरु अध्यापन गरिएको तिमल्सिनाले बताए । विद्यार्थीहरुलाई पढाई सँगै अतिरिक्त कक्षा सञ्चालन, चित्रकला, शैक्षिक प्रर्दशनी, नृत्य प्रतियोगिता, बक्तृत्वकला र खेलकुद जस्ता अतिरिक्त कक्षाहरु सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्ट, पनौती प्याब्सनका रामचन्द्र देउजा लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सहायक प्रिन्सिपल ललिता बञ्जाराले राखेकी थिईन भने सभापतित्व विद्यालय ब्यबस्थापन ससमितिका अध्यक्ष रामकृष्ण आचार्यले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । वार्षिकोत्सब भोलि पनि हुने विद्यालयले जनाएको छ ।






