स्वास्थ्य बीमामा जिल्लाकै नमूना पालिका ‘धुलिखेल’
नेपालकै पहिलो स्वस्थ शहर धुलिखेल स्वास्थ्य बीमामा पनि पहिलो नगर बनेको छ । ८ वर्ष लगातार नगरको नेतृत्व गरेका धुलिखेलका प्रमुख अशोक ब्याञ्जु फागुन २१ गते हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नम्वर २ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् ।
धुलिखेल/देशभर लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम व्यवहारमा अझै प्रभावकारी बन्न सकेको छैन । सरकारको अब्यवहारीक नीतिका कारण नागरिकले स्वास्थ्य बीमाबाट पर्याप्त सहजता नपाए पनि सेवामा भने सहजता भएको महसुस गरेका छन् । स्वस्थ शहर धुलिखेलले भने स्वास्थ्य बीमामा फड्को मारेको छ ।
तथ्यांकले काभ्रेपलाञ्चोक जिल्लाको कुल जनसंख्याको करिब ५८ प्रतिशत मात्रै स्वास्थ्य बीमामा आवद्ध रहेको देखाउँछ, जुन नागरिकको सार्वभौमिक स्वास्थ्य पहुँचको सरकारी दाबीभन्दा धेरै टाढा छ । बनेपा, पनौती र पाँचखाल जस्ता शहरी तथा अर्धशहरी पालिकामा बीमाको पहुँच ६० देखि ७३ प्रतिशतसम्म पुगेको छ । अस्पताल, बीमा सूचीबद्ध सेवा केन्द्र, सूचना र पहुँच भएका क्षेत्रमा बीमा कार्यक्रम प्रभावकारी देखिएको छ । तर जिल्लाका पहाडी र दुर्गम गाउँपालिकाहरूको अवस्था भने चिन्ताजनक छ । नेपालकै पहिलो स्वस्थ शहर धुलिखेल स्वास्थ्य बीमामा पनि पहिलो नगर बनेको छ । ८ वर्ष लगातार नगरको नेतृत्व गरेका धुलिखेलका प्रमुख अशोक ब्याञ्जु फागुन २१ गते हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नम्वर २ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन् ।
खानीखोला १०.८%, महाभारत १५.१% र चौरिदेउराली २५.४% बीमा भएको छ । सबैभन्दा चासोको विषय भनेको धुलिखेल नगरपालिका हो, जहाँ बीमा संख्या जनसंख्याभन्दा बढी छ । धुलिखेलमा बसोबास गर्ने कर्मचारी तथा अन्य नागरिकले पनि सेवा सहजताका लागि धुलिखेलबाट बीमा गराएका छन् । जनसंख्या भन्दा धेरै स्वास्थ्य बीमा गर्ने नागरिकहरुको तथ्यांक देखाउँछ । स्थानीय तहहरूले ‘बीमा कार्यक्रम छ’ भनेर औपचारिक रिपोर्ट बुझाए पनि, ग्रामीण भेगमा बीमा दर्ता अभियान, जनचेतना, सहुलियत शुल्क, तथा बीमा नवीकरणमा सक्रियता छैन । विपन्न, दलित, सिमान्तकृत समुदायका लागि प्रदेश तथा स्थानीय सरकारले पनि सहजिकरण गरेका छन् ।
बनेपामा ६३.६ प्रतिशत, धुलिखेलमा १०१.२ प्रतिशत, पनौतीमा ६९.८ प्रतिशत, पाँचखालमा ७३.३ प्रतिशत, मण्डनदेउपुरमा ६३.७ प्रतिशत, नमोबुद्धमा ५३.६ प्रतिशत रहेको छ । त्यस्तै रोशीमा ५३ प्रतिशत, भुम्लुमा ५५.१ प्रतिशत, बेथान्चोक २८.५ प्रतिशत, चौरीदेउराली २५.४ प्रतिशत, तेमालमा २६.७ प्रतिशत, महाभारतमा १५.१ प्रतिशत र खानीखोलामा १०.८ प्रतिशत नागरिक स्वास्थ्य बीमामा समेटिएका छन् । जिल्लामा ५७.७ प्रतिशत नागरिक स्वास्थ्य बीमा आवद्ध भएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख ६४ हजार ३९ जनसंख्या मध्ये २ लाख ९ हजार ९ सय २१ नागरिक बीमामा आवद्ध भएको जिल्ला संयोजक मुना निरौलाले बताईन । २०८२ माघ १० गतेसम्म नागरिकहरुले बीमा गरेको तथ्यांकका आधारमा उक्त विवरण सार्वजनिक भएको हो ।





