१३ हजार ४०० सयले घट्यो सुनको मूल्य

by | माघ १९, २०८२

१३ हजार ४०० सयले घट्यो सुनको मूल्य

काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १३ हजार ६ सय रुपैयाँले घटेर दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला  ५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।