सबैभन्दा कम मतदाता मनाङमा, रामेछापमा सबैभन्दा बढी

by | माघ २०, २०८२

सबैभन्दा कम मतदाता मनाङमा, रामेछापमा सबैभन्दा बढी

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तय भएका मतदाताको सूची सार्वजनिक गरेको छ।

आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। जसमध्ये सबैभन्दा कम मनाङमा ७ हजार मतदाता रहेका छन्।

मनाङमा पुरुष ३ हजार ३७७ र महिला ३ हजार ६२३ जना रहेका छन्। यहाँ सबैभन्दा कम २८ वटा मतदान स्थल रहेका छन्। मनाङ एउटै निर्वाचन क्षेत्र रहेको छ।

त्यसपछि मुस्ताङमा ११ हजार ३२८, डोल्पामा २४ हजार ११५, हुम्लामा ३४ हजार ३७२, रुकुम पूर्वमा ३४ हजार ७७२, मुगुमा ३६ हजार ३१ र रसुवामा ४१ हजार ४७१ मतदाता रहेका छन्।

निर्वाचन आयोगका अनुसार, सबैभन्दा धेरै रामेछापमा एक लाख ८७ हजार ९५२ मतदाता रहेका छन्। जसमध्ये पुरुष ९६ हजार ८९२ र महिला ९१ हजार ६० रहेका छन्। यहाँ ९६ मतदान स्थलमा २२८ मतदान केन्द्र रहेका छन्।

त्यसपछि दोलखामा पनि एक लाख ७० हजार ३२१ मतदाता रहेका छन्। जसमध्ये पुरुष ८७ हजार १६८ र महिला ८३ हजार १६० रहेका छन्। यहाँ ९५ मतदान स्थलमा २०७ मतदान केन्द्र छन्।

यस्तै, बर्दिया–१ मा एक लाख ६८ हजार ३४, काभ्रे-२ मा एक लाख ६५ हजार ५११, प्युठानमा एक लाख ६५ हजार ४०६ र सल्यानमा एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन्।