८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम

by | माघ २२, २०८२

८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले विभिन्न सहकारी संस्थाहरूलाई बहालमा लिएको घर तथा कोठा खाली गर्न अल्टिमेटम दिएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै ८ सहकारी संस्थालाई घर खाली गर्न यसअघि आग्रह गरिए पनि अटेरी गरेको भन्दै ७ दिनको अल्टिमेटम दिएको हो ।

तोकिएको समयमा घर खाली नगरे महानगरपालिकाले कानुन अनुसार आवश्यक कारबाही गर्ने चेतावनी दिएको छ।