निर्वाचनपूर्व कुनै गठबन्धन हुँदैनः कांग्रेस

by | माघ २२, २०८२

निर्वाचनपूर्व कुनै गठबन्धन हुँदैनः कांग्रेस

नेपाली कांग्रेसले २१ फागुनको निर्वाचनमा कुनै पनि गठबन्धन नहुने प्रस्ट्याएको छ । बिहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले चुनावमा कुनै गठबन्धन नहुने बताएका हुन् ।

‘चुनावपूर्व कुनै गठबन्धन हुँदैन । १६५ क्षेत्रमा क्षेत्रमा कांग्रेसका उम्मेदवार छन् । कर्हीकतै तालमेल हुँदैन,’ चालिसेले भने, ‘सामाजिक सञ्जालका टिप्पणीको पछाडि नलाग्न हामी आग्रह गर्छौ । हाम्रो सभापतिले पनि पटकपटक भन्नुभएको छ । हामी कुनै पनि तालमेलको पक्षमा छैनौँ ।’