महाभारत गाउँपालिकामा ‘महाभारत बन्दै छ, बा–आमालाई सन्चै छ ?' कार्यक्रम शुरु
देविटार/ महाभारत गाउँपालिकाले गत वर्ष जस्तै यस वर्ष पनि ३० वर्षभन्दा माथिका नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार औषधि वितरण अभियान सुरु गरेको छ ।
‘महाभारत बन्दै छ, बा–आमालाई सन्चै छ कार्यक्रम अन्तर्गत माघ २२ देखी २८ गते सम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले बताए । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले पालिकाले निति तथा कार्यक्रममा समेटी ‘महाभारत बन्दै छ, बा–आमालाई सन्चै छ भन्ने कार्यक्रम मार्फत वडा नं ६ बनखुको मगर गाउँमा रहेको बनखु मगरगाउँ स्वास्थ्य चौकीबाट अभियान शुरु गरिएको बताए । पालिकाको ४१ वटा केन्द्रबाट समुदाय स्तरमा स्वास्थ्य परीक्षण एवं स्वास्थ्य शिक्षा परामर्श सेवा सञ्चालन गरिने जिम्बाले बताए । “समुदायमा लुकेर रहेका र स्वास्थ्य उपचारको दायरामा नआएका नसर्ने रोगहरु जस्तै उच्च रक्तचाप, मधुमेह, अशल खानपान बारे, हाई, वईट, मृगौलामा देखिएको समस्यालाई समयमा नै पहिचान गरी उपचारका लागी प्रेसण गर्ने र उपचारको दायरामा ल्याउने काम गरिरहेका छौँ,” कान्छालाल जिम्बाले भने ।
पालिकाका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले नागरिकहरुलाई स्वास्थ्यकर खानपान तथा नसर्ने रोगबारे जनचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बताए । पालिकामा गत वर्ष १ हजार ९ सय नागरिकको स्वास्थ्य परिक्षण गर्दा १ सय ४१ जना हाई उच्च रक्तचाप भएका र १६ जना सुगरका विराीहरु नियमित उपचारमा रहेको उनिहरुलाई नियमित औषधी सेवन गर्नु पर्नै देखीको विष्टले वताए । पालिकाको उदेश्य भनेको नसर्ने रोगहरुको पहिचान गरी न्यनिकरण गर्नु मुख्य उदेश्य रहेको विष्टले बताए ।
बनखु स्वास्थ्य चौकीमा भएको परीक्षणको पहिलो दिन १४१ जनाले सेवा लिएका छन् । यस्तै, नसर्ने रोगका कारण व्यक्ति, परिवार, समाज र राज्यको ठुलो रकम खर्च भइरहेकाले रोगको समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने ध्येयले पालिकाले स्वास्थ्य परीक्षण सेवालाई नियमित बनाउन परामर्श सेवा समेत दिइरहेको छ ।






