कार्यक्रममा बोल्दै उम्मेदवार आचार्यले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र स्थानीय विकासका एजेण्डालाई बलियो बनाउन कांग्रेसमा जनसमर्थन बढ्दै गएको दाबी गरे। पालिका सभापति तामाङले नवप्रवेशीलाई पार्टीको जिम्मेवारीमा सक्रिय भूमिका खेल्न आग्रह गरे।
पार्टी प्रवेश गर्नेहरुमा साधुराम खड्का, यज्ञ बहादुर भण्डारी, प्रेम कुमारी खत्री , जीवन खत्री , माकुरी पहरी , अक्कले पहरी , टंक बहादुर पहरी , लोक बहादुर थापा, श्री बहादुर पहरी , सम्भु पहरी , सुन्तली पहरी , गोमा पहरी , गकुली पहरी , रामकुमारी पहरी , गोविन्द पहरी , राम बहादुर पहरी , रुद्र बहादुर पहरी , लोक बहादुर थापा , कृष्ण बहादुर खत्री र मौसम भण्डारी रहेका छन् ।
उक्त वडा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बदन भण्डारीको वडा हो । यस क्षेत्रमा कांग्रेस प्रवेशलाई स्थानीय राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।






