बनेपा/दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं, भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) काभ्रे जिल्ला कमिटी तथा नेपाल बुद्धिजीवी परिषद् ( नेबुप) काभ्रे जिल्ला कमिटीद्वारा संयुक्त रूपमा आयोजित विस्तारित भेला तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमाले बाट उमेदवार बनेका क्षेत्र नम्बर १ का अमित लामा र २ का अशोक ब्यान्जु र समानुपातिक उमदेवारलाई जिताउनका लागी उक्त विस्तारीत बैठक आयोजना गरिएको बौद्धिक परिषद बनेपाका अध्यक्ष श्रीकृष्ण पाण्डेले बताए ।
विस्तारित बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा काभ्रे ईन्चार्ज एवं काभ्रे क्षेत्र नम्बर २ का उमेदवार अशोक ब्यान्जुले अहिले देश जलाउने र देश बनाउने बिच निर्वाचन भएकाले देशभक्तहरुले सोच्नु पर्ने बेला आएको बताए । जेन्जी पनि हाम्रे सन्तती भएकाले उनिहरुलाई सम्झाई उनिहरुका मागहरु पुरा गरिने ब्यान्जुले बताए र बैठकका समानुपातिक उमेदवार सुमित्रा भोक्षिभोया, भक्तकुमारी तामाङ, बुद्धिजिवी परिषदका काभ्रेका अध्यक्ष केशब थापा लगाएतले मन्तब्य राखेका थिए ।






