विद्यासागर सेकेन्डरी स्कुलको ३० औं अभिभावक दिवस

by | फाल्गुन ३, २०८२

बनेपा/ विद्या सागर सेकेन्डरी स्कुलको ३० औँ अभिभावक दिवस सम्पन्न भएको छ । अन्य विद्यालय भन्दा फरक रुपमा प्रस्तुत गरिएको अभिभावक दिवस २ दिन सम्म सञ्चालन गरिएको थियो । विद्यालयका प्रिन्सिपल हिरा शर्मा नेपालले विद्यार्थीहरुको आफ्नो कार्यक्रम भएकाले विद्यार्थीहरु आफैले सञ्चालन गरी विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

आफ्ना अभिभावकहरुलाई सांस्कृतीक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेका थिए । विद्यालयले हरेक वर्ष विद्यार्थीरुलाई सिप मुलक नैतिक शिक्षा, संस्कृती, आफ्नो परम्परा, संस्कार युत्त शिक्षा दिदै आएको शर्माले बताए ।

विद्यर्थीहरुले पढाईमा सिकेका कुरालाई ब्यबहारमा उतारी शैक्षिक प्रर्दशनी, उक्त प्रर्दशनीमा लोप हुन लागेका, परम्परा, संस्कृतीका विषयहरु समाबेश गरिदै आएको, आमा–बुबाको मुख हेर्ने परम्परा, कन्या पुजा लगाएतका लोप हुदै गएका परम्परालाई विद्यार्थीहरुलाई सिकाउँदै आएको प्रिन्सिपल हिरा शर्मा नेपालले बताए । विद्यालयले नर्सरी देखी कक्षा ४ सम्म १ गते कक्षा ५ देखी १० सम्म २ गते अभिभावक दिवस मनाईएको थियो ।