नेकपा एमाले मण्डनदेउपुर–काठमाडौं सम्पर्क मञ्चको निर्वाचन लक्षित बिस्तारित बैठक

by | फाल्गुन ३, २०८२

नेकपा(एमाले) मण्डनदेउपुर–काठमाडौ सम्पर्क मञ्च को निर्वाचन लक्षित बिस्तारित बैठक सम्पन्न भएको छ । सम्पर्क मञ्चका अध्यक्ष अच्युत प्रसाद अर्यालको अध्यक्षता तथा समानुपातिक उम्मेदवार भक्तकुमारी लामाको प्रमुख अतिथ्यतामा बैठक बसेको थियो । यस्तै बागमती प्रदेश सम्पर्क कमिटी सदस्यहरु,पार्टी जिल्ला कमिटी सचिवालय सदस्यहरु, जिल्ला सम्पर्क कमिटिका उपाध्यक्ष ,पार्टी नगर कमिटी अध्यक्ष ,सचीव ,जिल्ला सम्पर्क कमिटिका सदस्यहरु ,युवा सघ जिल्ला कमिटी सदस्य , नगर सम्पर्क मन्चका पदाधिकारी एवं सदस्य हरुको उपस्थितिमा छलफल भएको हो । बैठकमा आगामी चुनावी रणनीति, हालसम्मका गतिविधि लगायत समसामयिक विषयमा छलफल भएको छ ।