सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 

by | फाल्गुन ५, २०८२

काठमाडौँ/ नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले घटेर तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलामा ४ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा  ४ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।