काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लामा बीउ तथा विषादी प्रयोगको अवस्था: समस्या, चुनौती र समाधान

by | चैत्र ४, २०८२

कुल प्रसाद दवाडी
प्रमुख 
कृषि विकास कार्यालय, काभ्रेपलान्चोक 
बीउ उत्पादक, बीउ तथा विषादी व्यवसायी एवं सरोकारवाला बीच कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रको सारांश प्रस्तुत गरिएको छ । बीउ उत्पादन तथा व्यवस्थापनमा देखिएका समस्या, गुणस्तर नियन्त्रण एवं नियमन र उत्पादन सम्वन्धि समस्याका विषयमा चर्चा गरिएको छ भने बजारीकरणका साथै काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लामा विषादी प्रयोग, बजारीकरण र त्यसको प्रभावका बारेमा संक्षिप्तमा चर्चा गरिएको छ । 
बीउ उत्पादन तथा व्यवस्थापनमा देखिएका समस्याहरु
उत्पादन सम्वन्धि समस्या
– श्रोत उन्नत बीउको अभाव
– गुणस्तरिय बीउको अभाव
– बीउको चक्र व्यवस्थापनमा समस्या
– खडा बालीको निरीक्षणमा समस्या
– हाइव्रिड प्रति कृषकको वढदो आकर्षण
– अनौपचारीक एवं अवैध आयात
– कृषकले चिन्ने बीउ कानुनले चिन्दैन
– कृषक सबै आफै बैज्ञानिक……….?
– सूचिकृत नभएका जातहरुको प्रयोग 
– जात एक ….प्याकेजिंग अनेक 
– स्रोत नखुलेको बीउ कारोबार गर्ने प्रवृति
– नक्कली बीउको कारोबार
– स्थानिय तहमा बाली निरीक्षकको अभाव
– बीउ बजारको प्रभावकारी अनुगमन तथा व्यवस्थापन

बजारीकरणमा समस्या
– बीउको मुल्यमा प्रिमियम मुल्य र मिनिमम सपोर्ट मुल्यको अभाव
– बीउको अस्वाभाविक मूल्य वृद्धि
– बीउको आपूर्तिमा बढ्दो परनिर्भतरता
– व्यवसायीको विजनेस माईन्ड सेट
– स्वदेशीको जातको बीउ उत्पादन अपेक्षाकृत रुपमा संचालन हुन नसक्नु (बीउ चक्र, श्रोत बीउको उपलब्धता)
– निजी क्षेत्रको बीउ उत्पादन लागत उच्च, प्रतिस्पर्धा गर्न कठिन
– हाइव्रिड मात्र बीउ हो भन्ने भ्रम व्याप्त

विषादी प्रयोग, बजारीकरण र त्यसको प्रभाव

विषादी
– त्यो वस्तु जस्ले नाश गर्छ, बृद्दी रोक्छ वा नोक्सानी गर्ने जीव वा जीवाणु र विरुवाजन्य पदार्थलाई उत्पादन, ढुवानी वा भण्डारणमा नियन्त्रण गर्ने काम गर्दछ, त्यसलाई विषादी भनिन्छ ।
– विषादीहरु वानस्पतिक, पशुजन्य र रसायनहरुको संमिश्रणबाट बनाइन्छ ।
– झोल, धूलो, दानादार, पानीमा घुल्ने दूधिलो सार आदी प्रकारमा पाइन्छ ।

विषादीको असर
– प्रजनन, बृद्दी विकास र व्यवहारमा परिवर्तन
– हजारौ माछा, वन्य जन्तु र करिव ६७ मिलियन चरा प्रति वर्ष मर्ने गरेका
– विश्वमा करिव २६ मिलियन मानिसहरुमा बर्षेनी विषादीको असर पर्ने र जस्मा करिव २.२ मिलियन मर्ने गरेका पाइन्छ ।
– ५०% विषादी खाद्यान्न, मकै, गहुँ, कपास र भटमासमा छरिन्छ ।

विषादीले मानव स्वास्थ्यमा असर
– विषादी मुख आँखा र छालाबाट शरिरभित्र पस्ने गर्दछ ।
– विषादीको जोखिम त्यसमा भएको विषको मात्रा र मानिसको विषादीसंगको सम्पर्कमा भर पर्दछ ।
– जति सुरक्षित पहिरन लगाइयो त्यति नै सुरक्षित हुन सकिन्छ ।
– विषादी छर्दा शरिरभित्र पस्ने ९७% विषादी छालाबाट पस्दछ ।
– दूधे र तैरने पदार्थ भएका विषादी पानीमा घुल्ने धूलो र दानादार भन्दा शरिरभित्र सजिलैसंग पस्ने गर्दछन ।
– विषादीको तत्काल, ढीलो र एलर्जी हुने असर देखिन्छ ।

नेपालमा विषादी प्रयोगको अवस्था
– नेपालमा औसत ३९६ ग्राम (खास विष) प्रतिहेक्टर विषादी प्रयोग हुने देखिन्छ (एएम, २०१५)
– बाली विशेष हेर्दा विषादी प्रयोगको अवस्था भयानक जस्तो देखिन्छ ।
– तरकारीमा १६०० ग्राम प्रति हेक्टर (सर्लाही, काभ्रे, धादिङ्ग, मकवानपुर तथा तराइका केहि जिल्लाहरु) चियामाः २१०० ग्राम हेक्टर, कपासमाः २५६० ग्राम हेक्टर ।

विश्वमा विषादी प्रयोगको अवस्था
– २०२३ मा विश्वमा करिब ३.७३ मिलियन मे.ट. विषादी प्रयोग भएको थियो ।
– यो मात्रा १९९० को तुलनामा लगभग दोब्बर भएको देखिन्छ ।
– १९९० र २०२२ को बीचमा, विषादीको तीव्रता विभिन्न दरहरूमा बढ्यो । प्रति बाली क्षेत्रको प्रयोग ९४ प्रतिशतले बढ्यो, कृषि उत्पादनको ५ प्रतिशतले तथा प्रति व्यक्ति प्रयोग ३५ प्रतिशतले बढ्यो ।
– पछिल्लो दशकमा झारपातनाषक विषादीको प्रयोग ४० बाट बढेर ४९ प्रतिशत पुगेको छ भने किटनाषक विषादीको प्रयोग २६ वाट घटेर २२ प्रतिशत ढुषिनाषक एवं व्याक्टेरियानाषकको प्रयोग २५ वाट २२ प्रतिशत पुगेको देखिन्छ ।

विषादी व्यवस्थापनः समस्या चुनौती र समाधान
समस्याहरू
– विषादीको सही प्रयोगबारे जानकारीको कमीः सहि मात्रा, समय, विधी र प्रयोग गर्नुपर्ने उपकरणहरू
– व्यक्तिगत सुरक्षा सामग्री (एएभ्) को प्रयोग कम हुनु
– किसानस्तरमा विषादी भण्डारणको उचित व्यवस्था नहुनु
– खाली बोतल तथा प्याकेटको सुरक्षित व्यवस्थापन नहुनु
– कम गुणस्तरका विषादीको बजारमा उपलब्धता
– खाद्य बालीमा विषादी अवशेषको परीक्षण र नियन्त्रण पर्याप्त नहुनु

बिषादी व्यवस्थापनका चुनौतीहरु
– कीटहरू प्रतिरोधी हुनेः कीटहरू कीटनाशकहरूको प्रतिरोधी हुन सक्छ, जसले कीटहरूको पुनरुत्थान हुन सक्छ ।
– वातावरणीय प्रदूषणः कीटनाशकहरूले माटो, पानी, हावा र गैर–लक्षित वनस्पतिलाई दूषित गर्न सक्छ।
– मानव स्वास्थ्यमा प्रभावः कीटनाशकहरूले क्यान्सरको बढ्दो जोखिम र शरीरको चयापचय, प्रजनन, प्रतिरक्षा, र स्नायु प्रणालीमा अवरोध सहित छोटो र दीर्घकालीन स्वास्थ्य प्रभावहरू हुन सक्छ ।
– माटोको उर्वरतामा प्रभावः कीटनाशकहरूले लाभकारी माटो सूक्ष्मजीवहरूलाई हानि पु¥याएर माटोको उर्वरतालाई असर गर्न सक्छ ।
– नयाँ कीटहरू: विश्वव्यापीकरण र जलवायु परिवर्तनले नयाँ क्षेत्रहरूमा नयाँ कीटहरू फैलाउन सक्छ
– एकीकृत कीट व्यवस्थापनको कार्यान्वयन आईपिएमको अवधारणालाई सामान्यतया स्वीकार गरिन्छ, यसको कार्यान्वयन जटिल हुन सक्छ र धेरै सम्भावित समस्याहरूको सामना गर्न सक्छ ।
– कीटनाशक दुरुपयोग: किसानहरूले विषादीको दुरुपयोग गर्न सक्छन्, जसले आकस्मिक विषाक्तता निम्त्याउँछ ।
– विषादीको अवैध आयात: प्रतिबन्धित विषादी अवैध रूपमा स्थानीय बजारमा पैठारी गरी बिक्री गर्न सकिने ।
– कीटनाशक डिस्पोजलः कीटनाशकको विसर्जनमा समस्या हुन सक्छ ।

विषादीको प्रयोग न्युनिकरणका उपायहरु
– स्थानियस्तर/सामुदायिकस्तर
– राष्ट्रियस्तर
– अन्तराष्ट्रियस्तर
स्थानियस्तर/सामुदायिकस्तर
– एकिकृत शत्रुजीव व्यवस्थापनका कार्यक्रम संचालन: घर, स्कूल, सामुदायिकस्थान, स्वाथ्यचौकी, सामुदायिक पार्कमा
– सामुदायिक कृयाकलापहरु: सामुदायिक शिविर, विद्यालयमा कार्यक्रम, प्रतियोगिता विषादीमुक्त क्षेत्रको घोषणा र प्रांगारिक कृषि उत्पादन प्रवद्र्धन ।

राष्ट्रियस्तर
– विषादी प्रयोगकर्ता, सर्वसाधारण र केटाकेटीको लागी शैक्षिक शिविर
– विषादीको न्यूनतम प्रयोग तथा वैकल्पिक उपायका वारेमा प्रचार
– जनचेतना दिने कार्यक्रम: पत्रपत्रिका, रेडियो, टि. भी., सडक नाटक
– विषादीको अधिकतम सीमा निर्धारण
– विषादीबाट तत्काल र लामो समयपछि देखिने असरको अनुगमन गर्ने कार्यक्रम
– उपचार गर्ने क्षमताको विकास गर्ने कार्यक्रम
– इमरजेन्सी सेवा
– विषादी खाएको उपचार सेवा
– स्वास्थ्य तथा शैक्षिक परामर्स सेवा
– जैविक विषादीको प्रयोग र आइ.पी.एम.पद्धतीमा जोड

विषादी व्यवस्थापन तथा नियमनमा तिन तहको भुमिका
संघिय निकाय
– बिषादी व्यस्थापन सम्वन्धि राष्ट्रिय स्तरको नितिगत कार्य
– विषादी व्यावसायीहरुको अनुगमन मुल्याङ्कन
– दण्ड संजाय सम्वन्धि कार्य
– विषादी व्यावसायी तथा सम्वन्धित कर्मचारीहरुको क्षमता अभिवृद्दि सम्वन्धि कार्य

प्रादेशिक निकाय
– प्रदेश स्तरमा बिषादी व्यवस्थापन सम्वन्धि नितिगत कार्य
– विषादी छर्कने तथा खुद्रा व्यावसायीको लागि इजाजत पत्र प्रदान
– विषादी व्यावसायीहरुको अनुगमन
– प्रयोगशाला संचालन तथा व्यवस्थापन
– जैविक विषादीहरु उत्पादन तथा व्यवस्थापनमा समन्वय
– कृषक पाठशाला संचालन

स्थानिय तहहरु
– विषादी व्यावसायीहरुको अनुगमन
– द्रुत विषादी परिक्षण प्रयोगशाला संचालन
– कृषक पाठशाला संचालन
– प्रांगारिक तथा जैविक विषादी प्रयोग सम्वन्धि प्रचार प्रसार

कृषि विकास कार्यालयले विषादी व्यवस्थापन सम्वन्धमा गर्ने कार्यहरु
– विषादी व्यावसायीको इजाजत पत्र तथा नविकरणका लागि सिफारिस
– विषादी व्यवसायीहरुको अनुगमन
– विषादी व्यावसायीको अनुगमन तथा नियमन
– विषादीको प्रयोग न्युनिकरण सम्वन्धि जनचेतनामुलक कार्यक्रम संचालन
– कृषि प्रवर्दन कार्यक्रम मार्फत जैविक विषादी प्रयोगमा जोड
– एकिकृत शत्रुजीव कृषक पाठशाला संचालन
– तरकारीको नमुना संकलन तथा द्रुत विषादी परिक्षण