बजारीकरणमा समस्या
– बीउको मुल्यमा प्रिमियम मुल्य र मिनिमम सपोर्ट मुल्यको अभाव
– बीउको अस्वाभाविक मूल्य वृद्धि
– बीउको आपूर्तिमा बढ्दो परनिर्भतरता
– व्यवसायीको विजनेस माईन्ड सेट
– स्वदेशीको जातको बीउ उत्पादन अपेक्षाकृत रुपमा संचालन हुन नसक्नु (बीउ चक्र, श्रोत बीउको उपलब्धता)
– निजी क्षेत्रको बीउ उत्पादन लागत उच्च, प्रतिस्पर्धा गर्न कठिन
– हाइव्रिड मात्र बीउ हो भन्ने भ्रम व्याप्त
विषादी प्रयोग, बजारीकरण र त्यसको प्रभाव
विषादी
– त्यो वस्तु जस्ले नाश गर्छ, बृद्दी रोक्छ वा नोक्सानी गर्ने जीव वा जीवाणु र विरुवाजन्य पदार्थलाई उत्पादन, ढुवानी वा भण्डारणमा नियन्त्रण गर्ने काम गर्दछ, त्यसलाई विषादी भनिन्छ ।
– विषादीहरु वानस्पतिक, पशुजन्य र रसायनहरुको संमिश्रणबाट बनाइन्छ ।
– झोल, धूलो, दानादार, पानीमा घुल्ने दूधिलो सार आदी प्रकारमा पाइन्छ ।
विषादीको असर
– प्रजनन, बृद्दी विकास र व्यवहारमा परिवर्तन
– हजारौ माछा, वन्य जन्तु र करिव ६७ मिलियन चरा प्रति वर्ष मर्ने गरेका
– विश्वमा करिव २६ मिलियन मानिसहरुमा बर्षेनी विषादीको असर पर्ने र जस्मा करिव २.२ मिलियन मर्ने गरेका पाइन्छ ।
– ५०% विषादी खाद्यान्न, मकै, गहुँ, कपास र भटमासमा छरिन्छ ।
विषादीले मानव स्वास्थ्यमा असर
– विषादी मुख आँखा र छालाबाट शरिरभित्र पस्ने गर्दछ ।
– विषादीको जोखिम त्यसमा भएको विषको मात्रा र मानिसको विषादीसंगको सम्पर्कमा भर पर्दछ ।
– जति सुरक्षित पहिरन लगाइयो त्यति नै सुरक्षित हुन सकिन्छ ।
– विषादी छर्दा शरिरभित्र पस्ने ९७% विषादी छालाबाट पस्दछ ।
– दूधे र तैरने पदार्थ भएका विषादी पानीमा घुल्ने धूलो र दानादार भन्दा शरिरभित्र सजिलैसंग पस्ने गर्दछन ।
– विषादीको तत्काल, ढीलो र एलर्जी हुने असर देखिन्छ ।
नेपालमा विषादी प्रयोगको अवस्था
– नेपालमा औसत ३९६ ग्राम (खास विष) प्रतिहेक्टर विषादी प्रयोग हुने देखिन्छ (एएम, २०१५)
– बाली विशेष हेर्दा विषादी प्रयोगको अवस्था भयानक जस्तो देखिन्छ ।
– तरकारीमा १६०० ग्राम प्रति हेक्टर (सर्लाही, काभ्रे, धादिङ्ग, मकवानपुर तथा तराइका केहि जिल्लाहरु) चियामाः २१०० ग्राम हेक्टर, कपासमाः २५६० ग्राम हेक्टर ।
विश्वमा विषादी प्रयोगको अवस्था
– २०२३ मा विश्वमा करिब ३.७३ मिलियन मे.ट. विषादी प्रयोग भएको थियो ।
– यो मात्रा १९९० को तुलनामा लगभग दोब्बर भएको देखिन्छ ।
– १९९० र २०२२ को बीचमा, विषादीको तीव्रता विभिन्न दरहरूमा बढ्यो । प्रति बाली क्षेत्रको प्रयोग ९४ प्रतिशतले बढ्यो, कृषि उत्पादनको ५ प्रतिशतले तथा प्रति व्यक्ति प्रयोग ३५ प्रतिशतले बढ्यो ।
– पछिल्लो दशकमा झारपातनाषक विषादीको प्रयोग ४० बाट बढेर ४९ प्रतिशत पुगेको छ भने किटनाषक विषादीको प्रयोग २६ वाट घटेर २२ प्रतिशत ढुषिनाषक एवं व्याक्टेरियानाषकको प्रयोग २५ वाट २२ प्रतिशत पुगेको देखिन्छ ।
विषादी व्यवस्थापनः समस्या चुनौती र समाधान
समस्याहरू
– विषादीको सही प्रयोगबारे जानकारीको कमीः सहि मात्रा, समय, विधी र प्रयोग गर्नुपर्ने उपकरणहरू
– व्यक्तिगत सुरक्षा सामग्री (एएभ्) को प्रयोग कम हुनु
– किसानस्तरमा विषादी भण्डारणको उचित व्यवस्था नहुनु
– खाली बोतल तथा प्याकेटको सुरक्षित व्यवस्थापन नहुनु
– कम गुणस्तरका विषादीको बजारमा उपलब्धता
– खाद्य बालीमा विषादी अवशेषको परीक्षण र नियन्त्रण पर्याप्त नहुनु
बिषादी व्यवस्थापनका चुनौतीहरु
– कीटहरू प्रतिरोधी हुनेः कीटहरू कीटनाशकहरूको प्रतिरोधी हुन सक्छ, जसले कीटहरूको पुनरुत्थान हुन सक्छ ।
– वातावरणीय प्रदूषणः कीटनाशकहरूले माटो, पानी, हावा र गैर–लक्षित वनस्पतिलाई दूषित गर्न सक्छ।
– मानव स्वास्थ्यमा प्रभावः कीटनाशकहरूले क्यान्सरको बढ्दो जोखिम र शरीरको चयापचय, प्रजनन, प्रतिरक्षा, र स्नायु प्रणालीमा अवरोध सहित छोटो र दीर्घकालीन स्वास्थ्य प्रभावहरू हुन सक्छ ।
– माटोको उर्वरतामा प्रभावः कीटनाशकहरूले लाभकारी माटो सूक्ष्मजीवहरूलाई हानि पु¥याएर माटोको उर्वरतालाई असर गर्न सक्छ ।
– नयाँ कीटहरू: विश्वव्यापीकरण र जलवायु परिवर्तनले नयाँ क्षेत्रहरूमा नयाँ कीटहरू फैलाउन सक्छ
– एकीकृत कीट व्यवस्थापनको कार्यान्वयन आईपिएमको अवधारणालाई सामान्यतया स्वीकार गरिन्छ, यसको कार्यान्वयन जटिल हुन सक्छ र धेरै सम्भावित समस्याहरूको सामना गर्न सक्छ ।
– कीटनाशक दुरुपयोग: किसानहरूले विषादीको दुरुपयोग गर्न सक्छन्, जसले आकस्मिक विषाक्तता निम्त्याउँछ ।
– विषादीको अवैध आयात: प्रतिबन्धित विषादी अवैध रूपमा स्थानीय बजारमा पैठारी गरी बिक्री गर्न सकिने ।
– कीटनाशक डिस्पोजलः कीटनाशकको विसर्जनमा समस्या हुन सक्छ ।
विषादीको प्रयोग न्युनिकरणका उपायहरु
– स्थानियस्तर/सामुदायिकस्तर
– राष्ट्रियस्तर
– अन्तराष्ट्रियस्तर
स्थानियस्तर/सामुदायिकस्तर
– एकिकृत शत्रुजीव व्यवस्थापनका कार्यक्रम संचालन: घर, स्कूल, सामुदायिकस्थान, स्वाथ्यचौकी, सामुदायिक पार्कमा
– सामुदायिक कृयाकलापहरु: सामुदायिक शिविर, विद्यालयमा कार्यक्रम, प्रतियोगिता विषादीमुक्त क्षेत्रको घोषणा र प्रांगारिक कृषि उत्पादन प्रवद्र्धन ।
राष्ट्रियस्तर
– विषादी प्रयोगकर्ता, सर्वसाधारण र केटाकेटीको लागी शैक्षिक शिविर
– विषादीको न्यूनतम प्रयोग तथा वैकल्पिक उपायका वारेमा प्रचार
– जनचेतना दिने कार्यक्रम: पत्रपत्रिका, रेडियो, टि. भी., सडक नाटक
– विषादीको अधिकतम सीमा निर्धारण
– विषादीबाट तत्काल र लामो समयपछि देखिने असरको अनुगमन गर्ने कार्यक्रम
– उपचार गर्ने क्षमताको विकास गर्ने कार्यक्रम
– इमरजेन्सी सेवा
– विषादी खाएको उपचार सेवा
– स्वास्थ्य तथा शैक्षिक परामर्स सेवा
– जैविक विषादीको प्रयोग र आइ.पी.एम.पद्धतीमा जोड
विषादी व्यवस्थापन तथा नियमनमा तिन तहको भुमिका
संघिय निकाय
– बिषादी व्यस्थापन सम्वन्धि राष्ट्रिय स्तरको नितिगत कार्य
– विषादी व्यावसायीहरुको अनुगमन मुल्याङ्कन
– दण्ड संजाय सम्वन्धि कार्य
– विषादी व्यावसायी तथा सम्वन्धित कर्मचारीहरुको क्षमता अभिवृद्दि सम्वन्धि कार्य
प्रादेशिक निकाय
– प्रदेश स्तरमा बिषादी व्यवस्थापन सम्वन्धि नितिगत कार्य
– विषादी छर्कने तथा खुद्रा व्यावसायीको लागि इजाजत पत्र प्रदान
– विषादी व्यावसायीहरुको अनुगमन
– प्रयोगशाला संचालन तथा व्यवस्थापन
– जैविक विषादीहरु उत्पादन तथा व्यवस्थापनमा समन्वय
– कृषक पाठशाला संचालन
स्थानिय तहहरु
– विषादी व्यावसायीहरुको अनुगमन
– द्रुत विषादी परिक्षण प्रयोगशाला संचालन
– कृषक पाठशाला संचालन
– प्रांगारिक तथा जैविक विषादी प्रयोग सम्वन्धि प्रचार प्रसार
कृषि विकास कार्यालयले विषादी व्यवस्थापन सम्वन्धमा गर्ने कार्यहरु
– विषादी व्यावसायीको इजाजत पत्र तथा नविकरणका लागि सिफारिस
– विषादी व्यवसायीहरुको अनुगमन
– विषादी व्यावसायीको अनुगमन तथा नियमन
– विषादीको प्रयोग न्युनिकरण सम्वन्धि जनचेतनामुलक कार्यक्रम संचालन
– कृषि प्रवर्दन कार्यक्रम मार्फत जैविक विषादी प्रयोगमा जोड
– एकिकृत शत्रुजीव कृषक पाठशाला संचालन
– तरकारीको नमुना संकलन तथा द्रुत विषादी परिक्षण






