अल्गोरिदम पछिल्लो समय निकै चर्चामा रहेको शब्द हो । तपाईँ हामीमध्ये धेरैले बिभिन्न समयमा अल्गोरिदम भन्ने शब्द सुन्दै आएका छौं । तर पनि यसको जानकारी थोरैलाई मात्र थाहा हुने गरेको पाइन्छ । कहीँ कतै हामी फेसबुक अल्गोरिदम, टिकटक अल्गोरिदम वा युट्युब अलल्गोरिदम भन्ने शब्द बेलाबखत सुनिरहेका हुन्छौँ । अल्गोरिदम के हो ? यो कहाँ प्रयोग हुन्छ ? र यसले कसरी काम गर्छ भन्ने विषयमा थोरबहूत भएपनि अध्ययन र चर्चा गर्ने प्रयत्न गरेको छु ।
सबैभन्दा पहिले त एल्गोरिदमलाई प्रोग्रामिङ ल्याङग्वाइजमा प्रोग्रामिङ गर्नपूर्व बनाइन्छ । जसबाट एउटा उत्कृष्ट प्रोग्राम, बन्न सकोस् । एल्गोरिदम कुनै पनि समस्यालाई समाधान गर्नका लागि बनाइएको हुन्छ र यसले कुनै पनि समस्यालाई चरणबद्ध रूपमा समाधान गर्ने गर्छ ।
उदाहरणका लागि मान्नुहोस्, तपाईंले कसैलाई फोन गर्नु पर्ने भयो । फोन गर्नपूर्व पनि हामीले निकै धेरै कामहरू गर्नु परिरहेको हुन्छ । जस्तो सबैभन्दा पहिले फोन अफ छ वा अन छ भनेर हेर्नु पर्ने हुन्छ । यदि अन छ भने केही गर्नु परेन । तर, फोन अफ छ भने त्यसलाई अन गर्नु पर्ने हुन्छ ।
फोन अन भइसकेपछि कसलाई कल गर्नु पर्ने हो त्यो व्यक्तिको नम्बर डायल गर्नु पर्ने हुन्छ । फोन नम्बर डायल गरिसकेपछि फोनको रिङको प्रतिक्षा गर्नु पर्ने हुन्छ । यदि फोन गरेको व्यक्तिले फोन उठायो भने केही कुरा गरेर फोन राख्छौँ । फोन गर्ने यि जुन प्रक्रियाका लागि पनि एक प्रकारको झन्झट झेल्नु पर्छ ।
हामीले त्यसको कुनै एउटा क्रम बिस्र्यौँ भने फोन गर्ने कामले पूर्णता पाउन सक्दैन । हामी फोन गर्ने यि क्रमहरूलाई आफ्नो तरिकाले परिवर्तन गर्न पनि सक्दैनौँ । त्यही कुराको समाधानका लागि हामीले सबै प्रक्रिया क्रमबद्ध रूपमा पालना गर्नुपर्ने हुन्छ । हामीले पालना गर्नु पर्ने यही क्रमबद्ध प्रक्रियाको समूहलाई एल्गोरिदम भन्ने गरिन्छ ।
एल्गोरिदमको माध्यमबाट कुनै पनि समस्या सहजै समाधान गर्न सकिन्छ । एल्गोरिदम एउटा निश्चित प्रक्रियाको उपयोग गर्छ । यो कुनै पनि प्रोग्रामिङ ल्याङ्गोइजमा निर्भर हुँदैन । त्यसैले प्रोग्रामको ज्ञान नहुँदा पनि एल्गोरिदमबारे बुफ्न निकै सहज हुने गर्छ । एल्गोरिदममा प्रत्यक चरणका आफ्नै अनुक्रम हुन्छन् । त्यसैले यसलाई डिकोड गर्न निकै सहज हुन्छ । एल्गोरिदमलाई फ्लो चार्टमा रुपान्तरण गर्न सकिन्छ । यसपछि एल्गोरिदमलाई कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वाइजमा बदल्न सकिन्छ । एल्गोरिदम वास्तवमा आर्टिफिसियल इन्टेलिजेन्स जस्तो सम्भावित शक्तिशाली प्रविधिको मुटु नै हो । एल्गोरिदम पहिलेदेखि नै मसिन लर्निङ जस्ता प्रविधिको आधार हो । यसकारण हरेक दिन नयाँ नयाँ प्रविधिका फिचर बढाउँदै गइरहेका छौँ । आज एल्गोरिदम भर्चुअल असिसटेन्स वा अटोनोमस गाडी जस्ता प्रविधिमा पनि प्रयोग गरिन्छ ।
हालै सम्पन्न निर्वाचनले देखाएको छ फेकुरा वा गलत सूचना राजनीतिक प्रक्रिया र निर्वाचनमा गहिरो प्रभाव पार्ने जटिल संरचनामा फैलिएको छ । यो प्रक्रिया राजनीतिक उद्देश्यअनुसार तयार गरिएका सनसनीपूर्ण, भावनात्मक र भ्रमपूर्ण सामग्रीबाट सुरु हुन्छ जुन सामाजिक मिडियामा प्रयोगकर्ताको ध्यान आकर्षित गरी सेयर, लाइक र कमेन्टमार्फत तीव्र गतिमा फैलिन्छ । एल्गोरिदमिक प्रवर्धनले यी सामग्रीलाई प्राथमिकता दिँदै भाइरल बनाउँछ जसले सानो दाबीलाई पनि व्यापक प्रभाव दिन सक्छ ।
फलस्वरूप मतदाताको धारणा सूक्ष्म तर प्रभावकारी रूपमा प्रभावित हुन्छ, जनमतमा ध्रुवीकरण र विभाजन बढ्छ र निर्वाचन निष्पक्षतामा चुनौती सिर्जना हुन्छ । चुनावी समयमा नक्कली खाता र भुक्तानी गरिएको प्रचार अभियानमार्फत् लक्षित मतदातामा भ्रम फैलाउने अभ्यास पनि देखिन्छ । यसैले फेकुरा फैलावट नियन्त्रणका लागि नियामक निगरानी, प्रविधि सहयोग र एल्गोरिदमिक पारदर्शिता अनिवार्य छ ताकि लोकतान्त्रिक प्रक्रिया सुरक्षित रहोस् र जनताको विश्वास कायम रहोस् ।
नेपालमा टेक्नोपोलिटिक्सले राजनीति र डिजिटल प्रविधिको संयोजनमार्फत मतदाताका धारणा प्रभावित गर्ने रणनीति अपनाउँछ । विशेषगरी हालै सम्पन्न निर्वाचनले देखाएको छ सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटक र इन्स्टाग्राममार्फत राजनीतिक दल वा समूहहरूले जानिबुझी प्रचार सामग्री, अफवाह र गलत तथ्य फैलाएर चुनावी रणनीति सुदृढ पार्ने प्रयास गर्छन्, जसको प्रभाव सहरी डिजिटल मतदातामा बढी देखिएको छ ।
सामाजिक सञ्जालमा फैलिने फेकुरा वा गलत सूचना जस्तै बदलिएको तस्बिर, भिडियो वा अफवाहलेतदातालाई भ्रममा पार्नेमात्र नभई राजनीतिक स्थिरतामा पनि असर र्पुयाउन सक्छ । एल्गोरिदमिक प्रवर्धनले यी सामग्रीलाई प्राथमिकता दिन्छ र तीव्र गतिमा फैलाउँछ जसले सानो वा अप्रमाणित सामग्रीलाई पनि व्यापक प्रभाव दिन सक्षम बनाउँछ ।
टेक्नोपोलिटिक्स र एल्गोरिदमिक प्रवर्धनको संयोजनले डिजिटल प्लेटफर्ममा फैलने चुनौती जटिल बनाएको छ । यसलाई नियन्त्रण गर्न प्लेटफर्मको एल्गोरिदममा मात्र निर्भर हुनु पर्याप्त छैन । राजनीतिक रणनीति, जनमत र नियामक क्षमता सँगसँगै एकीकृत हुनुपर्छ । डिजिटल लोकतन्त्र सुरक्षित राख्न सावधानीपूर्ण नियमन, डेटा विश्लेषण र एल्गोरिदमिक निगरानी अनिवार्य छन् ।
निर्वाचनको सन्दर्भमा सामाजिक मिडियाबाट फैलिने फेकुरा र भ्रामक प्रचार नियन्त्रण गर्न विभिन्न नियामक निकायहरूले सक्रिय भूमिका निर्वाह गरेका छन् । प्रमुख निकायहरूमा निर्वाचन आयोग, साइबर ब्युरो, सञ्चार मन्त्रालय र प्रेस काउन्सिल पर्छन् । प्रश्न उठ्ने गर्दछ— के यी निकायहरूले अपेक्षित प्रभाव वास्तविकरूपमा पार्न सके रु भूमिका भए पनि उनीहरूका सीमाहरू स्पष्ट देखिन्छन् त ।
निर्वाचन आयोगले डिजिटल र सामाजिक मिडियामा प्रचारप्रसार निगरानी राख्ने गरेको बताउँदे आएको छ । बोट र नक्कली खाता पहिचान, भुक्तानी गरिएको प्रचारको अनुगमन र ईमोनिटर प्लस सफ्टवेयरमार्फत सामग्री ट्र्याकिङ जस्ता उपायहरू प्रयोग भए पनि यसको प्रभावकारिता पूर्णरूपमा प्रमाणित छैन । एल्गोरिदम नियन्त्रणमा प्रत्यक्ष अधिकार नहुँदा आयोगले प्रभावकारी नियन्त्रण गर्न सकेको थियो कि थिएन भन्ने प्रश्न उठ्छ ।
साइबर ब्युरोले अनलाइन अपराध र गलत सूचना नियन्त्रणका लागि प्राविधिक निगरानी, नेटवर्क विश्लेषण र कानुनी कारबाहीको जिम्मेवारी लिएको थियो । मतदान अवधिमा नक्कली खाता र कृत्रिम गतिविधि पत्ता लगाउन टोली तैनाथ गरिएको बताएको थियो । तर वास्तविक समय निगरानी र कानुनी दायराको सीमितताले कतिपय सूचना फैलिनबाट रोक्न असफल भयो जसले यसको प्रभाव आंशिकमात्र रह्यो ।
सञ्चार मन्त्रालयले सामाजिक मिडिया प्लेटफर्मलाई नेपालको नियामक दायरामा ल्याउने पहल गरेको छ । तर विदेशी प्लेटफर्महरूले स्थानीय प्रतिनिधि नियुक्त नगर्नु वा दर्ता नगर्नु एल्गोरिदमिक पारदर्शिता र दीर्घकालीन नियामक संरचना निर्माणमा चुनौती बनेको छ । प्रेस काउन्सिलले परम्परागत र अनलाइन मिडियामा सामग्रीको नैतिकता र विश्वसनीयता सुनिश्चित गर्ने काम गर्छ । पत्रकारिता आचारसंहिता पालन गराउने, उजुरी सम्हाल्ने र उल्लङ्घनमा कारबाही गर्ने जिम्मेवारी लिएको छ । स्वतः तथ्य जाँच र परोक्ष वा प्रत्यक्ष AI प्रयोग भए पनि यसले सबै गलत सामग्रीको वास्तविक समय निगरानी गर्न सकेको छैन ।
यी चार निकायको समन्वयले सीमित तर प्रभावकारी नियामक इकोसिस्टम तयार गरेको छ जसले टेक्नोपोलिटिक्स, अफवाह, फेक समाचार र सहक्रियात्मक प्रचार व्यवस्थापनमा योगदान र्पुयाएको छ । तर एल्गोरिदम नियन्त्रण, प्लेटफर्मको पूर्ण सहयोग र प्राविधिक पूर्वानुमान क्षमतामा चुनौतीहरू अझै बाँकी छन् । भविष्यमा सशक्त कानुनी अधिकार, डेटा सहयोगी निगरानी र एआई को व्यापक प्रयोग अपरिहार्य छ जसले डिजिटल डेटाविज्ञानको विकासलाई संस्थागत रूपमा बलियो बनाउन सक्छ ।
डेटा साइन्स र कृत्रिम बुद्धिमत्ताको प्रयोगको सन्दर्भपनि सामान्य छैन । २०८२ सालको फागुन २१ गते सम्पन्न निर्वाचनले देखाएको छ चुनावको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न डेटा विज्ञान र कृत्रिम बुद्धिमत्ता अपरिहार्य छन् । यी प्रविधिले सामाजिक मिडिया, समाचार, सरकारी तथ्याङ्क र सार्वजनिक अभिप्रायबाट सङ्कलित डेटा प्रमाणित र रिफाइन गरी विश्लेषणयोग्य बनाउँछन् । यसले गलत वा अनावश्यक जानकारी हटाएर निष्पक्ष तथ्याङ्क सुनिश्चित गर्छ र मतदाताको विश्वास बलियो बनाउँछ ।
कृत्रिम बुद्धिमत्तामा आधारित एल्गोरिदमिक पारदर्शिता मोडेलले निर्णय प्रक्रियामा पूर्वाग्रह र गलत प्रवृत्तिहरू पत्ता लगाउन मद्दत गर्छ । ठूलो मात्रामा सामाजिक मिडिया सामग्रीको विश्लेषण, गलत सूचना पहिचान र वर्गीकरणमा एआई प्रयोगले निर्वाचन परिणाम र जनमत निर्माणमा सकारात्मक असर र्पुयाएको देखिन्छ । सार्वजनिक ड्यासबोर्ड र सूचना अधिकारमार्फत प्रमाणित आधिकारिक डेटा वास्तविक समयमा पहुँचयोग्य हुँदा मतदाताको सहभागिता र पारदर्शिता बढ्छ ।
फिडब्याक र जवाफदेहीको तहले वास्तविकसमय हस्तक्षेपको सम्भावना दिन्छ जसले प्रविधि र नियामक निकायलाई गलत सूचना फैलावट तुरुन्त पत्ता लगाउन र रोक्न सहयोग र्पुयाउँछ । डेटा विज्ञान, कृत्रिम बुद्धिमत्ता र सार्वजनिक सचेतनाको संयोजनले नेपालमा डिजिटल युगको चुनावी प्रणालीलाई विश्वसनीय, पारदर्शी र उत्तरदायी बनाउन मद्दत गरेको छ ।
त्यस हिसाबले हेर्दा एल्गोरिदम, टेक्नोपोलिटिक्स, सोसल मिडियाको फेकुरामा नियामक निकायको भूमिका महत्वपूर्ण रहँदै आएको देखिन्छ । बिकसित दुनिया, साँघूरिंदो विश्व र विबेकहीन समुदायलाई ट्रयाकमा ल्याउँनको लागि पनि एल्गोरिदम, टेक्नोपोलिटिक्स, सोसल मिडियाको फेकुरामा नियामक निकायको भूमिका हमत्वपूर्ण हुने गर्दछ । नियामक हिसाबले अगाडी नवढ्ने हो भने यसले मानिसलाई एकोहोरो र विश्लेषण क्षमतामा कमजोर बनाउने गर्दछ । जसका कारण समाज बिकृत, विसंगत र अराजक बन्ने खतरा वढ्न पुग्छ ।






