पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने

by | चैत्र १५, २०८२

काठमाडौँ / जेनजेड आन्दोलन दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखकलाई आज काठमाडौँ जिल्ला अदालत पेश गर्ने भएको छ ।

भदौ २३ र २४ गतेको घटना छानबिनका लागि पक्राउ गरिएका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज प्रहरीले अदालतमा पेस गर्ने भएको हो ।

शनिबार बिहानै निबासबाटै पक्राउ परेका दुवै नेतालाई अदालतबाट अनुमति लिएर म्याद थप्नु पर्ने भएकाले पेश गर्न लागिएको हो ।

गत भदौ २३–२४ गते जेनजेडको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।

सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो ।

आज ओली र लेखक दुवैलाई अदालत खुल्नासाथै उपस्थित गराउने तयारी छ ।