काठमाडौं / नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, आज (चैत १५) देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राति, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भाग तथा वाग्मती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।






