बालेन साह नेतृत्वमा हिजो दिउँसो बसेको पहिलो क्याबिनेट बैठकले देशभरका निजामती र फौजी कर्मचारीहरुलाई जेनजी शहीदहरुका नाममा आज बिहान १० बजे १ मीनेट मौनधारणका निम्ति उर्दी जारी गरेको छ ।
हिजो पठाइएको आन्तरिक सर्कुलरमा भनिएको छ-श्री कर्मचारीहरु,सबै २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपश्चात २०८२ चैत १३ गते सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको नेतृत्वमा नयाँ सरकार गठन भएको व्यहोरा अवगत नै छ ।
उक्त सरकार गठन भएपश्चात सार्वजनिक बिदापछि नेपाल सरकारका कार्यालय खुलेको पहिलो दिन अर्थात आज मिति २०८२ चैत १५ गते विहान १०:०० बजे जेन-जी आन्दोलन लगायतका सहिदहरुको सम्मानमा अनिवार्य रुपमा १ मिनेट मौन धारण गर्ने,गराउने व्यवस्थाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशन भएकोले आ-आफ्नो कार्यालयमा निर्देशनअनुसार गर्नु गराउनुहुन अनुरोध छ ।






