काठमाडौँ / अर्थविद् केशव प्रसाद आचार्यको निधन भएको छ । मस्तिष्कघात भएपश्चात अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत आचार्यको सोमबार विहान निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आचार्यलाई गत मंगलबार अस्पतालमा भर्ना गरिएको थियाे ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत रहेका ७२ वर्षीय आचार्यको स्वास्थ्यमा समस्या आएपछि चाबहिलस्थित मेडिकेयर अस्पताल पुर्याइए र त्यसपछि थप उपचारका लागि थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको हो ।
आचार्यले नेपाल राष्ट्र बैंकमा ३ दशक काम गरेका थिए । साथै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा समेत उनले काम गरेका थिए । आचार्य २ पटक अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भएका थिए ।
आचार्यकाे मंगलबार मात्रै दाहसंस्कार हुने पारिवारिक स्रोतले जनाएको छ ।






