५० हजार विद्यार्थी दीक्षित गरेको काठमाडौं विश्वविद्यालय:अन्तर्राष्ट्रिय रुचिमा वृद्धि
इन्जिनियरिङ स्कुलमा विद्यार्थी संख्यामा भएको वृद्धि केवल मध्यम मात्र होइन, कतिपय स्थानमा विस्फोटक देखिन्छ। उदाहरणका लागि, सिभिल इन्जिनियरिङ (हाइड्रोपावर स्पेसलाइजेसन) मा ५७ जनाको वृद्धि भएको छ, जुन नेपालका हाइड्रोपावर परियोजना विस्तारसँगको आकर्षण प्रतिविम्वित देखिन्छ। आर्किटेक्चरमा १८ जनाको वृद्धि तथा कम्प्युटर इन्जिनियरिङ र आर्टिफिसियल इन्टेलिजेन्समा समेत सबैभन्दा ठूलो ध्यान तानिएको छ— कम्प्युटर इन्जिनियरिङमा १३२ र ब्क्ष् मा ६८ जनाको वृद्धि भएको छ। यी तथ्यांकले विश्वविद्यालयले सूचना प्रविधि क्षेत्रमा गरेको लगानी र आधुनिक कार्यक्रमका कारण नयाँ पुस्ताले प्राविधिक शिक्षालाई प्राथमिक विकल्पका रूपमा देख्न थालेको प्रमाणित गर्छ। केमिकल इन्जिनियरिङमा ११ र मेकानिकल (अटोमोबाइल) इन्जिनियरिङमा ९७ जनाको वृद्धि समेत देखिन्छ, जसले इन्जिनियरिङ् स्कुल समग्र रूपमा तीव्र विस्तारको चरणमा रहेको देखाउँछ ।
तर भर्ना वृद्धिको कथा केवल इन्जिनियरिङमा सीमित छैन । स्कुल अफ एजुकेशनले पनि पछिल्ला दुई वर्षमा निरन्तर दोहोरो अंकको वृद्धि देखाएको छ। २०८१/८२ मा ७०३ विद्यार्थी भर्ना हुँदा २०८२÷८३ मा यो संख्या ८०४ पुगेको छ। यो वृद्धि केवल संयोग होइन, विगत केही वर्षदेखि नेपालमा शिक्षक–तयारी, समावेशी शिक्षा, क्त्भ्ब्ः, भाषा शिक्षण, नेतृत्व तथा विद्यालय परिवर्तनका कार्यक्रमप्रति बढ्दो रुचिको परिणाम पनि हो। इन्जिनियरिङ पछि उल्लेख्य भर्नादर बढेको स्कुल स्कुल अफ साइन्स हो।
अन्तर्राष्ट्रिय रुचिमा बृद्धि
काठमाडौँ विश्वविद्यालयमा विस्तारै बढ्दै गएको विदेशी प्राध्यापक, शोधकर्ता र विधार्थीको रुची समग्रमा नेपाल कै उच्च शिक्षाकालागि पछिल्ला वर्षको महत्वपूर्ण उपलब्धि हो। ‘त्भबअज–क्ष्ल एचयनचबm’ अन्तर्गत विश्वविद्यालयले सन् २०२५ मा पहिलोपटक सुरु गरेको यस कार्यक्रमले विदेशी प्राध्यापकलाई केयुका प्राध्यापक भन्दा ५० प्रतिशत बढी भत्ता दिने नीति बनायो । सुरुमा जोखिमपूर्ण देखिएको यो प्रस्तावप्रति विश्वभरबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया आयो । केबल एक महिनाभित्रै विश्वका विभिन्न देशबाट ४५० भन्दा बढी प्राध्यापकले आवेदन दिए। यी तथ्यले बोल्छन्, काठमाडौँ विश्वविद्यालय एउटा अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रको रूपमा विस्तार हुँदैछ। यही कार्यक्रमअन्तर्गत स्कुलले विदेशी प्राध्यापक भित्र्याउने काम उल्लेखनीय रूपमा अघि बढाएको र केही स्कुलहरुले यसमा उल्लेख्य सफलता पनि हासिल गरेका छन् ।
स्कुल अफ आट्र्सको तथ्यांक अनुसार, प्राप्त ४५० आवेदकमध्ये कैयौँको विषयगत रुचि र विशेषज्ञता स्कुलका कार्यक्रमसँग मेल खाएको थियो। अहिलेसम्म करिब आठ जना अन्तर्राष्ट्रिय प्राध्यापकसँग—दुई प्राध्यापक, तीन सह–प्राध्यापक र तीन सहायक प्राध्यापक तहमा— करार सम्झौता भइसकेको छ, र अरू तीन जनासँगको सम्झौता अन्तिम चरणमा पुगेको छ भने ब्राजिल, अमेरिका, बेलायत, दक्षिण कोरिया, जर्मनी र चीनका प्राध्यापक नेपाल आएर अध्यापन सुरु गरिसकेकामा छन् भने स्कुल अफ एजुकेसनमा अहिले ताइवान, भारत, नर्डिक मुलुक र अमेरिका गरी चार देशका विदेशी प्राध्यापक शिक्षणमा संलग्न छन् । यस्तो विविधता नेपालकै विश्वविद्यालय इतिहासमा दुर्लभ छ ।
विदेशी प्राध्यापकसँगै स्कुल अफ आट्र्समा विदेशी विद्यार्थीको उपस्थिति पनि उल्लेखनीय छ। विद्यावारिधी तहमा मात्र यस वर्ष १८ विदेशी विद्यार्थी भर्ना भएका छन् भने शहरी अध्ययन (ग्चदबल क्तगमष्भक) स्नातकोत्तर तहमा दुई विदेशी विद्यार्थी अध्ययनरत छन्, ब्याचलर इन कम्युनिटी डेभलपमन्ट (स्नातक) तहमा पनि चिनियाँ र ब्राजिल गरी दुई देशका विद्यार्थी अध्ययनरत छन् भने मिडीया अध्ययनमा ७ जना, योगिक साइन्समा ४ जना । स्कुल अफ एजुकेसनमा विद्यावारिधी तहमा १० जना, एमफीलमा २, अन्य विद्यामा १० गरि २२ जना छन् । त्यस्तै साइन्स र इन्जिनियरिङमा विद्यावारिधी तहमा १, १ जना साइन्स अन्तर्गतको वातावरणीय विज्ञान स्नातक र स्नातकोत्तर तहमा ८ जना । यो तस्बिर नेपाली विश्वविद्यालयहरूकालागि आफैमा नौलो हो भने समाज विज्ञान र शिक्षा तथा वाताबरणीय अध्ययन विषयहरुमा बढिरहेको आकर्षणले समग्र नेपालको उच्चशिक्षा क्षेत्रमा आशा जोगाउने अवस्था बनेको छ भन्न सकिन्छ ।
हेर्दा यहाँबाट दीक्षित हुनेमध्ये करिब १२ प्रतिशत विदेशी विद्यार्थी छन्। अझ रोचक कुरा, विश्वविद्यालयले अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नर्वे, रुस, भारत, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, बंगलादेश मात्र होइन, जाम्बिया, दक्षिण अफ्रिका र बेनिन जस्ता टाढा अफ्रिकी मुलुकका विद्यार्थीसमेत उच्च शिक्षाका लागि आकर्षित गर्न सफल भएको छ। यस्तो विविधताले काठमाडौँ विश्वविद्यालयलाई नेपालकै सीमित दायराबाट बाहिर निकालेर ग्लोबल एजुकेसन हबको रूपमा उभ्याएको छ ।
३१औं दीक्षान्त (पहिलो चरण) सहित गरी हालसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षितको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये विदेशीको सङ्ख्या ५ हजार ८६० अर्थात करीब १२ प्रतिशत रहेको छ । दीक्षित विदेशी विद्यार्थीमध्ये मुख्य १५ देश र विद्यार्थी सङ्ख्या यस प्रकार छ ।






